• आइतबार ५-२१-२०८३/Sunday 09-06-2026
  • ON AIRओम्पोषण आभुषण लोक सुसेली
  • UP NEXTJindagi Rocks

आज जनकवि गोकुल जोशीको जन्मजयन्ती 

दुलेगौँडा ।  नेपाली साहित्यमा प्रगतिशिल विचार ब्यक्त गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका ११ राईपुरमा जन्मिनुभएका जनकवि गोकुल जोशीको आज जेठ आठ गते जन्म जयन्ती ।

 

साहित्यकारहरुलाई सँगठित हुन प्रेरित गर्नुका साथै राजनिति र दलहरुको गलत प्रबृतिप्रति तिखो प्रहार गर्ने जनकविको बारेमा आम सर्वसाधरणमा जानकारी हुनुपर्ने शुक्ला साहित्य सँगमकी अध्यक्ष टुकादेवि पौडेल आचार्यको भनाई छ । उहाँले आज विहानै सामाजिक सञ्जालमा लेखेर जनकवि जोशीको बारेमा विद्यालय स्तरबाटै प्रचार गर्न आवश्यक रहेको बताउनुभएको छ । 

उहाँले लेख्नुभएको छ – 

सबै विद्यालयमा हार्दिक अनुरोध !

आज शुक्लागण्डकीका रत्न गोकुल जोशीको जन्म जयन्ती हो । उनको बारेमा कक्षा कक्षामा विद्यार्थीहरुलाई जानकारी गराइदिनुहुन अनुरोध गर्दछु ।

जनकवि गोकुल जोशी

रोक्ने को हो दुरदर्शी विचारका धारा

को हो नयाँ नेपालको बोक्ने अभिभारा

माथिको कवितांश नेपाली साहित्यमा जनकविका नामले चिनिने कवि गोकुल जोशीको ‘रोक्ने को हो ?’ नामक कविताको अंश हो । उनको जन्म साविक गण्डकी अञ्चल तनहुँ जिल्ला अन्तर्गत राईपुर खोलाखेत भन्ने ठाउँ र हालको शुक्लागण्डकी नगरपालिका वडा नं ११ स्थित राईपुरमा माता मनरुपा पोख्रेल र पिता हरिलाल पोखरेलका माइला छोराका रुपमा वि सं १९८७ जेठ ८ गते भएको हो । ६ वर्षकै उमेरमा आफ्ना पिताको मृत्यु भएपछि घरमा आर्थिक अवस्था कमजोर भएकै कारण गोकुल वि सं २००० मा भारततिर लागे । भारतको सिलाङमा होटल ब्वाइका रुपमा तिन महिनासम्म काम गरेपछि कलकत्ता स्थित सैनिक कम्पनीमा कार्यालय सहयोगी ( पियन )को रुपमा काम गर्न थाले ।

गाउँमै लक्ष्मीप्रसाद भट्टराईबाट अक्षर चिनेका उनी अध्ययनशील स्वभावका थिए । उनले कलकत्तामा रहँदा बजारबाट पत्रपत्रिका ल्याएर पढ्न थाले । उनको बानी उनका हाकिमलाई मन परेन । त्यसो न गर्न पटकपटक चेतावनी दिँदा पनि नटेरेपछि उनलाई जागिरबाट निष्काशन गरियो । त्यसपछि उनी बम्बई पुगेर होटेलमा काम गर्न थाले । पछि उनी पानी जहाजमा रङ लगाउने काम गर्न थाले । त्यसैबेलामा उनले कक्षा चार पढ्ने मौका पाए । यस अवसरले उनमा थप ज्ञानको विस्तार भयो । वि सं २००७ मा नेपालमा प्रजातान्त्रिक क्रान्ति भएपछि देशमै बस्न सकिने ठानी नेपालका धेरैजसो ठाउँको पैदल भ्रमण गरी देशको राजनीतिक एवं सामाजिक अवस्थाको अध्ययन गर्ने मौका पाए । यसले उनको साहित्यिक परिचय विकास गर्न पनि सघाउ पुग्यो । उनको सम्पर्क धर्मराज थापा,श्यामप्रसाद शर्मा लगायतका साहित्यकारहरुसँग पनि भयो । नेपाली राजनीतिमा देखिएका विसङ्गतिलाई साहित्यका माध्यमबाट आफ्ना क्रान्तिकारी विचारहरु अभिव्यक गर्ने कवि गोकुलले राजनीतिक पार्टीभित्र भएका गलत सोचलाई हटाउन साहित्यकारहरुको स्थायी सङ्गठन हुनुपर्छ भन्ने विचार व्यक्त गरेका थिए ।

नेपाली साहित्यमा प्रगतिशील सोचको विकास गरेका गोकुलले प्रगतिवादी गीत लेखेर गाउँगाउँमा जनचेतना फैलाउने काम गरे । उनले नेपाल भ्रमण कविता,नववेग,निशात्र,पूर्वी नेपाल,पूर्वी नेपालको लोकगीत लगायतका धेरै पुस्तकहरु लेखेको कुरा कवि श्यामप्रसाद शर्मालाई लेखेको चिठीबाट थाहा पाउन सकिन्छ । उनको वि सं २०१८ सालमा ३१ वर्षकै कलिलो उमेरमा मृत्यु भएपनि जीवनको छोटो समयमा महत्वपूर्ण योगदान पुर्याउने कवि हुन् ।

किर्तिशेष गोकुलप्रति श्रद्धासुमन!

प्रतिकृया दिनुहोस

कमला घाट शवदहन गृह व्यवस्थापन समितिको नेतृत्वमा इश्वरीमाया कायस्थ

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा रहेको कमलघाँट शब्दहन गृह व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय

बाढीपीडितका लागि खैरेनी माविका बिद्यार्थीले जुटाए १६ हजार बढी सहयोग

खैरेनीटार । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि तनहुँको खैरेनी माध्यमिक विद्यालयका