शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना, चालक सहित १२ जना घाइते
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँबाट दुलेगौँडातर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
वडाको सिम्ले क्षेत्रमा लु.प्र.०२–००१ ज ०२३१ नम्बरको यात्रुवाहक टाटा सुमो ब्रेक फेल भई दुर्घटना हुँदा चालक शुक्लागण्डकी–१२ निवासी ४८ वर्षीय केशबहादुर सुनारसहित १२ जना घाइते भएका हुन्। घाइते सबैको अवस्था चिन्ताजनक नरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। दुर्घटनालगत्तै उद्धार गरी घाइतेहरूलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारा तथा तनहुँ सेवा अस्पताल, दुलेगौँडामा उपचारका लागि लगिएको प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार उपचारपछि ७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा चालक केशबहादुर सुनारसहित शुक्लागण्डकी–१२ का खेमबहादुर ठकुरी, लक्ष्मी मल्ल, ढकबहादुर गुरुङ, निशा गुरुङ, टिका गुरुङ, सङ्गीता गुरुङ, सूचना गुरुङ, अञ्जु ठकुरी, एलबिक ठकुरी, सौगात ठकुरी र झरिमाया खाँड रहेका छन्।
दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन
दुलेगौँडा । तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी
दुलेगौँडामा भोली रक्तदान कार्यक्रम आयोजना गरिदै
दुलेगौँडा । रगत अभावको कारण उपन्न हुन सक्ने स्थितीलाई मध्येनजर गरेर शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
भिमादमा सर्वसाधारणलाई लक्षित गरेर अत्याधुनिक धारा जडान
भिमाद। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका

प्रतिकृया दिनुहोस