• शुक्रबार ५-२६-२०८३/Friday 09-11-2026
  • ON AIRDhorbarahi Highlights
  • UP NEXTNights Club

मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रहेका नेपालीको सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ दरगाउँ निवासी ३१ वर्षीय मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।

 

उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले पोर्चुगलमा रहेका नेपालीहरूबाट संकलन गरिएको ५१ हजार १ सय २० रुपैयाँ बिरामी नेपालीलाई हस्तान्तरण गरिएको हो। तनहुँको भीमाद निवासी टुकराज श्रेष्ठको पहलमा संकलन गरिएको उक्त रकम शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दी निवासी मुक्ति श्रेष्ठको उपस्थितिमा बिरामी अनिल नेपालीलाई हस्तान्तरण गरिएको हो ।

 

अनिल नेपाली विगत १० महिनादेखि मिर्गौलाको समस्याका कारण उपचाररत छन्। उनको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ। सरकारी अस्पतालमा डायलाइसिसको सुविधा नपाएपछि निजी स्वास्थ्य संस्थामा डायलाइसिस गर्नुपर्ने बाध्यता रहेकाले उपचार खर्च जुटाउन समस्या भइरहेको नेपालीले बताएका छन्।

 

हप्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको भन्दै नेपालीले आफ्नो जीवनरक्षाका लागि देश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय

ब्लड क्यान्सर पीडित दुई वर्षीय शिवान्स पौडेललाई तालवेशी शान्ति टोलको आर्थिक सहयोग

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, मालेबगरस्थित तालवेशी शान्ति टोलले ब्लड क्यान्सरबाट पीडित दुई वर्षीय शिवान्स पौडेलको उपचारका

मृगौला पीडित अमृतलाई आर्थिक सहयोग

भिमाद । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिको पहलमा मृगौला पीडित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । मगर समुदायमा आबद्ध विभिन्न टोल तथा