मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रहेका नेपालीको सहयोग
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ दरगाउँ निवासी ३१ वर्षीय मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।
उपचारमा सहयोग पुर्याउने उद्देश्यले पोर्चुगलमा रहेका नेपालीहरूबाट संकलन गरिएको ५१ हजार १ सय २० रुपैयाँ बिरामी नेपालीलाई हस्तान्तरण गरिएको हो। तनहुँको भीमाद निवासी टुकराज श्रेष्ठको पहलमा संकलन गरिएको उक्त रकम शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दी निवासी मुक्ति श्रेष्ठको उपस्थितिमा बिरामी अनिल नेपालीलाई हस्तान्तरण गरिएको हो ।
अनिल नेपाली विगत १० महिनादेखि मिर्गौलाको समस्याका कारण उपचाररत छन्। उनको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ। सरकारी अस्पतालमा डायलाइसिसको सुविधा नपाएपछि निजी स्वास्थ्य संस्थामा डायलाइसिस गर्नुपर्ने बाध्यता रहेकाले उपचार खर्च जुटाउन समस्या भइरहेको नेपालीले बताएका छन्।
हप्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको भन्दै नेपालीले आफ्नो जीवनरक्षाका लागि देश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।
ढोरफिर्दी चर्चमा नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न, १३९ जनाले लिए सेवा
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दीमास्थित ढोरफिर्दी चर्चमा शनिबार आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। आँखामा
शुक्लागण्डकी नगरपालिका ’पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषित
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सोमबार एक विशेष कार्यक्रमका बीच ‘पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषणा गरिएको छ ।
तमु समाज सलालाह ओमनको सहयोग स्याङ्जाकी देउमायालाई
तनहुँ । रोजगारीको क्रममा ओमन पुगेका तमु समुदायका व्यक्तिहरुले देशको अर्थतन्त्रसँगै गरिव, दुखी, असहाय र विरामीहरुको सहारा बनेर पनि योगदान

प्रतिकृया दिनुहोस