• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026
  • ON AIRDinesh Sun Chandi Lok Bhaka
  • UP NEXTThaha Khabar

खैरेनीटारमा सिद्धार्थ आमा समुह प्रथम 

खैरेनीटार । खैरेनीटारमा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा शुक्लागण्डकी–३, कवासेको सिद्धार्थ आमा समूह प्रथम भएको छ। १० समूह सहभागी प्रतियोगितामा अन्य समूहलाई पछि पार्दै सिद्धार्थ आमा समूह प्रथम भएको आयोजकले जनाएको छ।

May be an image of one or more people and text

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको वडा नम्बर ६ र ७ व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उन्नतिशील आमा समूह, दुलेगौँडा द्वितीय र फुलबारी आमा समूह, खैरेनीटार तृतीय भएका छन्।

 

प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा क्षत्री समाज, दुलेगौँडा सान्त्वना भएको छ। सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

No description available.

यस्तै, विद्यालयस्तरीय नृत्य प्रतियोगितामा बालविद्या मन्दिर माध्यमिक विद्यालय, दुलेगौँडा प्रथम, खैरेनी माध्यमिक विद्यालय, खैरेनीटार द्वितीय र ज्ञान बगैँचा इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन्। उनीहरूले क्रमशः ७ हजार ५ सय, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

 

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका कला लम्सालले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गर्नुभएको थियो ।

No description available.

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीको आँगनमा नेपथ्य गुञ्जने

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी मंसिर १३ गते लायन्स

दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व

दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ। शुक्लागण्डकी नगर उद्योग

शुक्लागण्डकी महोत्सव , श्यामले हसाए, सुमनले नचाइन् दर्शक

दुलेगौंडा।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ  शुक्लागण्डकी महोत्सव–२०८२ जारी छ । बेलचौतारास्थित भानुभक्त बहुमुखी

↑