काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत
दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन चलिरहेको छ । यसैक्रममा तनहुँका दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भानु नगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका आनन्दराज त्रिपाठी निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा त्रिपाठीले ३ सय ६६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी विशेश्वर खनालले ३ सय ६३ तथा सूर्यचन्द्र हड्खलेले २ सय ५६ मत प्राप्त गर्नुभएको थियो ।सभापतिमा निर्वाचित भएका त्रिपाठीले काँग्रेसको गुमेका साख फिर्ता ल्याउन गरि पार्टी गतिविधीमा सक्रिय हुने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
यस्तै, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को सभापतिमा धिरेश खनाल र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा कर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ।
यता, तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिसहित महाविधेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि चयनका लागि बेलचौतारामा मतगणना जारी रहेको छ । क्षेत्रीय सभापतिका लागि जीतराज राना र रसामाया गुरुङबीच प्रतिस्पर्धा रहेकोमा पछिल्लो मतपरिणामअनुसार जीतराज रानाले अग्रता कायम गर्नुभएको छ । राना गुरुङभन्दा करिब २ सय मतले अगाडि रहेको जानकारी प्राप्त भएको छ।
यसैबीच, महाधिवेशन प्रतिनिधि चयनमा पनि तनहुँ कांग्रेसका चर्चित तथा स्थापित नेताहरूले अग्रता कायम गरेका छन् । युवा नेताहरूको समेत महाधिवेशन प्रतिनिधिमा उल्लेख्य आकर्षण देखिए पनि हालसम्म प्राप्त मतपरिणामले भने जिल्लामा लामो समयदेखि सक्रिय तथा स्थापित नेताहरू अगाडि देखिएको संकेत गरेको छ ।
महाधिवेशन प्रतिनिधितर्फ कांग्रेसका जिल्ला उपसभापति तथा सभापतिसहितका नेताहरू जीतप्रकाश ओली, राजेन्द्रकृष्ण श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित तथा क्षेत्रीय सभापति चूडामणि खनाल लगायतले अग्रता कायम गर्नुभएको जानकारी प्राप्त भएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भने जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ ।
कांग्रेसको चियापानमा दलहरूबीच घोचपेच, आत्मालोचना र रास्वपालाई चेतावनी
तनहुँ । नेपाली कांग्रेसले तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न
संविधान र लोकतन्त्रविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लाग्दैन : महामन्त्री पौडेल
दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने चेतावनी
तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन

प्रतिकृया दिनुहोस