• शुक्रबार ४-२२-२०८३/Friday 08-07-2026
  • ON AIR
  • UP NEXTOpening Tone

शुक्लागण्डकी युनेस्कोद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण

हरि खरेल (दुलेगौँडा)- सामाजिक कार्यमा क्रियाशिल शुक्लागण्डकी युनेस्को केन्द्रले शुक्लागण्डकीभित्रका विपन्न वर्गका परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

 

युनेस्कोको प्रथम स्थापना दिवसको अवसरमा कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन गाह्रो भएका परिवारलाई राहत वितरण गरेको केन्द्रका अध्यक्ष भीष्म श्रेष्ठले जानकारी दिए । उनका अनुसार दैनिक काम गरेर गुजरा चलाउने विपन्न परिवार छनोट गरी बाह्र घरपरिवारलाई राहत उपलब्ध गराइएको हो । उनले भने महामारीको समयमा रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्दै खाद्यान्न सामग्री वितरण गरेको हो । 

 

उनीहरुले राहत स्वरुप दाल, नुन, तेल, मस्यौरा, ५ केजि चामल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । स्थापना दिवसको अवसरमा बृह्त कार्यक्रम गर्ने योजना भएपनि कोरोनाका कारण अत्यन्त विपन्न परिवारलाई मात्रै सामग्री वितरण गएिको  अध्यक्ष श्रेष्ठले बताए । 


युनेस्को केन्द्रको स्थापना भएको पहिलो बर्षमा क्वारेनटिनमा रहेकालाई खाद्यान्न सामग्री वितरण गरेको थियो । त्यस्तै,जनजाति समुहलाई उद्घोषण तालिम, वृह्त सरसफाई कार्यक्रम, शिलादेवी युवा क्लवसंगको सहकार्यमा फुड बैङ्क स्थापना गरि अघिल्लो लकडाउनमा खाद्यान्न सहयोग, कोरोना महामाारी सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य सामग्री वितरण लगायतका कार्यक्रमहरु गर्न सफल भएको क्लबकी उपाध्यक्ष आकृती गुरुङले जानकारी दिइन् ।
 

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीमा ग्यास अभाव : विक्रेता भन्छन्– ‘हामीसँग ग्यास छैन’

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सहजीकरण गर्न ग्यास विक्रेताहरूसँग छलफल गरेको छ।

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना, चालक सहित १२ जना घाइते

दुलेगौँडा  ।  शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँबाट दुलेगौँडातर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।   वडाको

दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन

दुलेगौँडा ।  तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी