• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • ON AIRBBC Nepali Sewa
  • UP NEXTShruti Sambeg

आज शुक्लागण्डकी महोत्सवमा अर्जुन सापकोटा 

दुलेगौंडा ।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ  शुक्लागण्डकी महोत्सवमा बुधवार चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ । 

 


बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजित महोत्सवमा बुधवार कलाकार अर्जुन सापकोटा, प्रिति आले, राम्जी पौडेल, सुनिता नेपाली लगायतको प्रस्तुती समावेश गरिएको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सवमा मंगलवार बद्री पंगेनी, नविना सिलवाल ९खुईली०, सिमा थापा, मधु थापा लगायतले दर्शक नचाएका थिए । 

May be an image of text that says '"आर्थिक, सामाजिक, खेलक्ुदको विकास, कृषि तथा पर्यंटनको प्रवरद्दन, शुक्लागण्डकी महोत्सव कला, सिप र सँस्कृतिको संरक्षण" पाँचौँ शुक्लागण्डकी महोत्सव-श०८ महोत्सव શ०વશ २०८३ चैत्र 99 गतेको आर्कषणहर अर्जून सापकोटा लोकदोहोरी गायक प्रिति आले लोकदोहोरी गायिका राम्जी पौडल लोकदोहोरी गायक सुनिता नेपाली लोकदोहोरी गायिका अशोक विश्वकर्मा कार्यक्रम सज्चालक'


आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको मुल संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।  साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ । 

 


महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ गीत सार्वजनिक 

साङ्गीतिक क्षेत्रमा निरन्तरताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गायक दिपेन्द्र खत्री । यसअघि एक–दुई गीत गाए पनि व्यावसायिक

शुक्लागण्डकी महोत्सव : साँझमा प्रमोद खरेलको कन्सर्ट, दिउँसो चर्चित कलाकारको प्रस्तुती

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा आज साँझ प्रमोद खरेलको लाईभ कन्सर्ट हुने भएको छ

मगर नृत्य प्रतियोगितामा प्रविना गुरुङ प्रथम 

दुलेगौँडा । खुला शुक्लागण्डकी स्तरीय मगर नृत्य प्रतियोगिताको उपाधि कपासेकी प्रविना गुरुङले जितेकी छन् ।   मगर समुदायको सास्कृतिक संस्कार