दुलेगौँडामा भोली रक्तदान कार्यक्रम आयोजना गरिदै
दुलेगौँडा । रगत अभावको कारण उपन्न हुन सक्ने स्थितीलाई मध्येनजर गरेर शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । हिजो मङ्गलवार दुलेगौंडास्थित मयुर होटेलमा पत्रकार सम्मेलन गरि नेपालमै सर्वाधिक रगत सङकलन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको आयोजकले क्लवले जनाएको छ ।
भोलि विहिबार लायन्स क्लव अफ शुक्लागण्डकीले रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको क्लवका पुर्वअध्यक्ष लायन मिनबहादुर लामिछानेले जानकारी दिनुभयो ।
बिगत विगतका दुई रक्तदान कार्यक्रममासमेत उत्साहजनक रुपमा रगत संकलन गर्ने सफल भएको दावी गर्दै कार्यक्रम संयोजक लायन शंकर पन्तले रक्त संचार केन्द्र पोखराको अनुरोध अनुसार कार्यक्रम गर्ने तयारीमा लागेको बताउनुभयो । उहाँले कार्यक्रमको निरन्तरता, धार्मिक आस्था र रगत अभावको अवस्थालाई मध्येनजर गरेर साउन ७ गते कार्यक्रम गर्ने तयारी भएको बताउनुभयो ।
क्लबका अध्यक्ष लायन देवेन्द्र ढुङ्गानाले यस वर्ष ४ सय पिन्ट रगत संकलन गर्ने उदेश्य रहेको जानकारी दिदै सबैलाई सहभागी हुन अनुरोध गर्नुभएको छ ।
शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना, चालक सहित १२ जना घाइते
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँबाट दुलेगौँडातर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। वडाको
दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन
दुलेगौँडा । तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी
भिमादमा सर्वसाधारणलाई लक्षित गरेर अत्याधुनिक धारा जडान
भिमाद। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका

प्रतिकृया दिनुहोस