• शुक्रबार ५-२६-२०८३/Friday 09-11-2026
  • ON AIRDhorbarahi Highlights
  • UP NEXTNights Club

अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाद्वारा तनहुँका विभिन्न पालिकामा विविध कार्यक्रम

दुलेगौंडा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले तनहुँका विभिन्न पालिकामा सचेतनामूलक तथा सामाजिक कार्यक्रम आयोजना गरेको छ।

 

रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठका अनुसार जिल्लाका विभिन्न पालिका समितिमार्फत शैक्षिक सामग्री वितरण, लागुऔषध दुर्व्यसन नियन्त्रण, ट्राफिक नियम पालनासम्बन्धी सचेतना, एआईको बढ्दो प्रयोगबाट उत्पन्न चुनौतीबारे जानकारी, सरसफाइ तथा डेंगी नियन्त्रणसम्बन्धी कार्यक्रम आयोजना गरिएको हो।

 

यसैक्रममा शुक्लागण्डकी नगर समितिले शुक्लागण्डकी नगरपालिका–२ नर्सरीस्थित श्रमिक आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। नगर सभापति हरिबहादुर खड्काका अनुसार विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीलाई जनही एक दर्जन कापी, एक दर्जन सिसाकलम र ज्यामेट्री बक्ससहितको शैक्षिक सामग्रीको सेट वितरण गरिएको हो।

 

रास्वपा तनहुँका जिल्ला सभापति विश्व बास्तोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गौमाया थापा, प्रधानाध्यापक केशवराज पौडेल र नगर सभापति हरिबहादुर खड्कालगायतले शैक्षिक सामग्री वितरणले विद्यार्थीलाई नियमित रूपमा विद्यालय आउन प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 

उहाँहरूले शिक्षा क्षेत्रको विकास तथा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले चासो र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।

 

यस्तै, व्यास नगर समितिले बढ्दो लागुऔषध दुर्व्यसन, ट्राफिक नियमको पालना तथा एआईको बढ्दो प्रयोगसँगै देखिएका चुनौतीबारे सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

 

म्याग्दे गाउँपालिका–गुणादीमा बृहत् सरसफाइ कार्यक्रम तथा भिमाद नगर समितिले डेंगी नियन्त्रण र रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको रास्वपा तनहुँले जनाएको छ।

 

युवा दिवसलाई सामाजिक उत्तरदायित्व, शिक्षा, स्वास्थ्य, वातावरण तथा प्रविधिको सही प्रयोगसँग जोड्दै जिल्लाका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।

प्रतिकृया दिनुहोस

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने

खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको

कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो

दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको

लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी

दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा