• शुक्रबार ५-२६-२०८३/Friday 09-11-2026
  • ON AIRClosing Tone
  • UP NEXT

काङ्ग्रेस प्रवास सङ्गठन अमेरिकाको महामन्त्रीमा तनहुँका खनाल निर्वाचित

दुलेगौंडा । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा तनहुँ भिमादका नारायण खनाल निर्वाचित भएका छन्।

 

अमेरिकाको भर्जिनिया राज्यमा सम्पन्न समितिको तेस्रो अधिवेशनबाट खनाल २ सय ४ मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित भएका हुन्। उनीसँगै गौतम दाहाल पनि महामन्त्रीमा निर्वाचित भएका छन्।

 

१२ वर्षपछि मतदानमार्फत नयाँ नेतृत्व चयन भएको अधिवेशनबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा २८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। समितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट, उपसभापतिमा संजीव श्रेष्ठ, हरि शर्मा, श्रीराम थापा र निमा बोम्जन निर्वाचित भएका छन्। यस्तै युवा उपसभापतिमा सुशील खत्री, महिला उपसभापतिमा लक्ष्मी कार्की तथा युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्वाचित भएका छन्।

 

यसैगरी सहमहामन्त्रीमा अर्जुन बम, युवा सहमहामन्त्रीमा सुमन केसी र सिर्जना भट्ट तथा कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल निर्वाचित भएका छन्।

 

नारायण खनाल नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालका सहोदर दाजु समेत हुन्। भिमादका खनाल जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा निर्वाचित भएपछि तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस

राष्ट्रिय विपतमा मध्यपूर्वका देशहरुबाट यति धेरै सहयोग प्रतिबद्धता

दुबई/दीपेन्द्र पौडेल  । नेपालमा गएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपत्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ

पाकिस्तानमाथि भारतको हवाई आक्रमण, ३० जनाको मृत्यु

भारत ।  पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर ९पीओके० मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।  बुधबार

अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को