• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026
  • ON AIRDhorbarahi Highlights
  • UP NEXTSwadesh Gaan

कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो

दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको छ।

शुक्रबार गृहजिल्ला तनहुँ आउनुभएका पौडेलले दुलेगौँडामा पार्टीका नेता–कार्यकर्तासँगको भेटमा विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा अस्वाभाविक रूपमा सदस्य संख्या बढाएर सहमति खोज्ने प्रयास गरिएपछि विवाद समाधान हुन नसकेको बताउनुभयो।

 

उहाँका अनुसार संस्थापन पक्षका २०१ सदस्यमा इतर पक्षका १०१ सदस्य थप्ने प्रस्तावले पार्टी विभाजनको अवस्था निम्त्याउन सक्ने भएकाले आफूहरूले स्वीकार गर्न नसकेको हो। “२०१ सदस्यीय केन्द्रीय समितिमा इतर पक्षका १०१ सदस्य थप्दा वैधानिक रूपमा पार्टी फुट्न सक्ने डर देखियो,” पौडेलले भन्नुभयो, “मिलाउने बहानामा विधानविपरीत काम गर्नु पनि उपयुक्त देखिएन।”

 

महामन्त्री पौडेलले पार्टीभित्रको विवाद समाधानका लागि आफू पद छोड्नसमेत तयार रहेको बताउँदै पनि विवाद समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस

कांग्रेसको चियापानमा दलहरूबीच घोचपेच, आत्मालोचना र रास्वपालाई चेतावनी

तनहुँ । नेपाली कांग्रेसले तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न

संविधान र लोकतन्त्रविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लाग्दैन : महामन्त्री पौडेल

दुलेगौँडा  । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने चेतावनी

काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत

दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन

↑