• बुधबार ६-१४-२०८३/Wednesday 09-30-2026
  • ON AIR
  • UP NEXTOpening Tone

कोत्रेमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

कोत्रे । धार्मिक जागरणका लागि तनहुँको शुक्लागण्डकी स्थित कोत्रे बजारमा बडादसैँको पूर्वसन्ध्यामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । सिद्धेश्वर पाञ्चायन मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म महायज्ञ आयोजना हुने भएको हो ।

 

सोमबार कोत्रेस्थित मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष खेमराज खनालले नवरात्रको अवसरमा सप्ताहव्यापी महायज्ञ आयोजना गरी समाजमा धार्मिक जागरण सिर्जना गर्ने तथा देशमा भएका महाविपत्तिबाट प्रभावितहरूको कल्याणको कामना गरिने बताउनुभयो ।

No description available.

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पण्डित एवं कथावाचक पौडेलले अर्थ सङ्कलन आफूहरूको प्राथमिकतामा नरहेको स्पष्ट पार्दै विशुद्ध धार्मिक कार्यक्रम भएकाले सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । उहाँले कथा श्रवणका लागि आउने भक्तजनले गर्ने दानको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा स्थानीयसमेत रहनुभएकी शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रीता नेपालीले धार्मिक कार्यक्रमले सामाजिक एकतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले धर्मले अनुशासन सिकाउने दाबी गर्दै यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कोत्रेमा यसअघि पनि दसैँको अवसरमा नवरात्रभर दैनिक धार्मिक कार्यक्रम हुँदै आएकोमा यस वर्ष विशेष कार्यक्रम आयोजना हुन लागेको हो । यसले कोत्रेको धार्मिक पहिचान र प्रचारप्रसार हुनुका साथै धार्मिक क्षेत्रको विकासमा समेत सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीको आँगनमा नेपथ्य गुञ्जने

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी मंसिर १२ गते लायन्स

दुलेगौडा महोत्सव गर्न छैन प्रशासनको अनुमति

अशोक विश्वकर्मा पर्सि अर्थात् असोज ८ गतेदेखि तनहुँको दुलेगौँडामा सञ्चालन गर्न लागिएको महोत्सवका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति

दुलेगौँडा सांस्कृतिक महोत्सव विवादमा, रोक लगाउन व्यवसायीको माग 

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडामा शुक्लागण्डकी युवा क्लवले पर्सि बिहीबारदेखि १० दिने महोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ । तर,

↑