• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026
  • ON AIR
  • UP NEXTOpening Tone

शुक्लागण्डकी फिरफिरेमा भव्य रुपमा ल्होसार मनाइने

दुलेगौँडा ।

नेपाल भ्रमण बर्ष सन् २०२० लाई लक्षित गरी शुक्लागण्डकी वडा नं-१२ का गुरुङहरुले भव्य रुपमा ल्होसार पर्व मनाउने भएका छन् । गुरुङहरुको बाक्लो वस्ती रहेको फिरफिरेमा तमु ह्युला छोंज धिं शुक्लागण्डकी फिरफिरेको आयोजनामा सवै गुरुङहरु एकै ठाँउमा भेला भएर मनोरञ्जनात्मक कार्यक्रम सहित ल्होसार मनाउने भएका हुन् । पर्यटन बर्षको अभियानलाई सफल पार्न १२ नं वडाले पनि जाउ है फिरफिरे” अभियान संचालन गरिरहेको छ ।

 

फिरफिरेमा रहेका गुरुङहरुलाई आठ समुहमा विभाजन गरेर प्रत्येक समुहलाई फरक फरक परिकारहरु रोटी,बटुक,बिरम्ला बनाउने जिम्मा दिइएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।त्यस्तै फरक-फरक मौलिक सांस्कृतिक प्रस्तुतिहरु  सोरठी,घाटु,सालैजो,ठाडो भाका,कौराहा भाकाहरु गाउँ अनुसार कार्यक्रममा प्रस्तुत गरिने वडाध्यक्ष गुरुङले बताए ।वडाभरिका गुरुङहरुलाई एकै ठाँउमा भेला गराएर ल्होसार मनाउदाँ आपसी मेलमिलाप,सद्धभाव एवं एकता कायम गर्न सकिने वडाध्यक्ष गुरुङको भनाई छ ।

 

“सामुहिक रुपमा कार्यक्रम गर्दा गुरुङ समुदायमा भएको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्छ”-उनले भने-“यस कार्यक्रमले सरकारले घोषणा गरेको भ्रमण बर्षलाई समेत सफल बनाउन सहयोग पु¥याउने विश्वास लिएका छौँ ।“ 


सो अवसरमा विविध खेलकुद कार्यक्रमहरु महिला तथा पुरुष डोरी तान्ने,घैटो फुटाउने ,छेलो हान्ने प्रतियोगिता पनि हुने भएको छ । छो धिंले नगरमै नयाँ कार्यक्रम ढिडो खाने प्रतियोगिता समेत आयोजना गरेको छ । यस कार्यक्रमतर्फ सवैको चासो र ध्यान केन्द्रित भएको पाइएको छ भने सामुहिक भोज समेत गरिने छ ।


ल्हो’भन्नाले वर्ष तथा ‘सार भन्नाले ‘नयाँ’भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । साथै नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने र नाचगान गरी रमाइलो गर्ने परम्परा छ । नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले पनि मनाउने गर्छन् ।प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतिकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ जातिले बाँदर वर्गलाई बिदाइ गरेर च्यु(मुसा )वर्गका रूपमा स्वागत गर्दैछन् ।

प्रतिकृया दिनुहोस

दुलेगौडा महोत्सव गर्न छैन प्रशासनको अनुमति

अशोक विश्वकर्मा पर्सि अर्थात् असोज ८ गतेदेखि तनहुँको दुलेगौँडामा सञ्चालन गर्न लागिएको महोत्सवका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति

दुलेगौँडा सांस्कृतिक महोत्सव विवादमा, रोक लगाउन व्यवसायीको माग 

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडामा शुक्लागण्डकी युवा क्लवले पर्सि बिहीबारदेखि १० दिने महोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ । तर,

दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व

दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ। शुक्लागण्डकी नगर उद्योग