• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • ON AIRBBC Nepali Sewa
  • UP NEXTShruti Sambeg

दुलेगौँडामा भोली रक्तदान कार्यक्रम आयोजना गरिदै

दुलेगौँडा । रगत अभावको कारण उपन्न हुन सक्ने स्थितीलाई मध्येनजर गरेर शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । हिजो मङ्गलवार दुलेगौंडास्थित मयुर होटेलमा पत्रकार सम्मेलन गरि नेपालमै सर्वाधिक रगत सङकलन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको आयोजकले क्लवले जनाएको छ ।  

 

भोलि विहिबार लायन्स क्लव अफ शुक्लागण्डकीले रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको क्लवका पुर्वअध्यक्ष लायन मिनबहादुर लामिछानेले जानकारी दिनुभयो ।

 

बिगत विगतका दुई रक्तदान कार्यक्रममासमेत उत्साहजनक रुपमा रगत संकलन गर्ने सफल भएको दावी गर्दै कार्यक्रम संयोजक लायन शंकर पन्तले रक्त संचार केन्द्र पोखराको अनुरोध अनुसार कार्यक्रम गर्ने तयारीमा लागेको बताउनुभयो । उहाँले कार्यक्रमको निरन्तरता, धार्मिक आस्था र रगत अभावको अवस्थालाई मध्येनजर गरेर साउन ७ गते कार्यक्रम गर्ने तयारी भएको बताउनुभयो ।

 

क्लबका अध्यक्ष लायन देवेन्द्र ढुङ्गानाले यस वर्ष ४ सय पिन्ट रगत संकलन गर्ने उदेश्य रहेको जानकारी दिदै सबैलाई सहभागी हुन अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना, चालक सहित १२ जना घाइते

दुलेगौँडा  ।  शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँबाट दुलेगौँडातर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।   वडाको

दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन

दुलेगौँडा ।  तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी

भिमादमा सर्वसाधारणलाई लक्षित गरेर अत्याधुनिक धारा जडान

भिमाद। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका