तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले दगाम गाउँलाई देशभरिका उत्कृष्ट तीन ग्रामीण पर्यटकीय गन्तव्यको सूचीमा घोषणा गर्ने भएको हो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सिफारिसमा दगामलाई यस वर्ष उक्त सूचीमा सूचीकृत गर्ने निर्णय भएको अध्यक्ष रमेश अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार दगामबाट देखिने प्राकृतिक सुन्दरता, घरबास कार्यक्रमको अवस्था र पर्यटक पुग्न सक्ने सहजतालाई आधार बनाएर छनोट गरिएको हो ।

मंगलबार दगामको प्रचार–प्रसारका लागि भिटोफले आयोजना गरेको घरबास प्रवद्र्धन कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले दगामलाई नगरपालिकाको प्रमुख पर्यटकीय गाउँका रूपमा विकास गर्न प्राथमिकता दिइएको बताउनुभयो । उहाँले दगामको सम्भावनालाई उजागर गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक तथा अन्य भौतिक संरचना निर्माणमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । गाउँमा पर्यटकको आकर्षण बढ्दै गए पनि बसाइँसराइले असर पार्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका प्रशासकीय अधिकृत रामहरि ढुंगाना, पोखरा महानगरपालिकाका कृषि तथा आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरिराम अधिकारी, भिटोफका उपाध्यक्ष विश्व अधिकारीलगायतले दगाम स्थानीय कला, खाना र प्राकृतिक मनोरम दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो । उनीहरूले प्रमुख पर्यटकीय गन्तव्य गाउँका रूपमा सूचीकृत भएपछि दगामको विकासमा उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाल सरकारले आगामी आइतबार ४७औँ विश्व पर्यटन दिवसको अवसरमा तनहुँको दगामसहित चितवनको माडी गाउँ र काठमाडौँको फर्पिङ गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गर्ने तयारी गरेको छ । भिटोफ गण्डकीका अनुसार सरकारले प्रत्येक वर्ष तीनवटा ग्रामीण पर्यटकीय स्थललाई सूचीकृत गर्दै आएको छ ।

कांग्रेसको चियापानमा दलहरूबीच घोचपेच, आत्मालोचना र रास्वपालाई चेतावनी
तनहुँ । नेपाली कांग्रेसले तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न
संविधान र लोकतन्त्रविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लाग्दैन : महामन्त्री पौडेल
दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने चेतावनी
काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत
दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन

प्रतिकृया दिनुहोस